सुरेन्द्र पाण्डे :ओलीले अदालत पनि विघटन गर्ने ??

नेकपाका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ राजा बन्ने प्रयास नगर्न चेतावनी दिएका छन्। शनिबार धादिङ काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेता पाण्डेले प्रतिनिधिसभ विघटनसँगै प्रधानमन्त्री ओलीको आरोलो यात्रा सुरु भएको बताएका हुन्।

‘ओलीजी नयाँ राजा होइन। नयाँ राजा बन्ने कुचेष्ट नगर्नुहोला,’ उनले अघि भने, ‘खबरदार, तपाई यो बाटोमा हिड्नुभयो भने तपाईको यात्रा पनि धेरै परसम्म जाने बाला छैन। नेपाली जनताले यो यात्रालाई रोकेर बीचमै रोकिछोड्छन्।’ संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको उनले बताए। तर संसद पुनस्थापना हुनैपर्ने नेता पाण्डेको भनाई छ।

‘अब ओलीले अदालत पनि विघटन गरे भन्ने र राष्ट्रपतिले हस्ताक्षर गर्ने हो भने के हुन्छ ? कुनै प्रवन्ध विना जे पनि गर्ने हो भने त्यो र यसमा के फरक छ ?’ उनले प्रश्न गरे। पाण्डेले अदालतलाई पनि खबरदारी गरे। ‘कसैको अनुहार हेरेर होइन, संविधान र कानून हेरेर निर्णय गर्नुस्,’ उनले भने, ‘अनुहार हेरेर निर्णय गर्नुभयो भने यो देशले दुःख पाउनेछ। तपाईहरु पनि त्यसबाट अछुतो रहनुहुने छैन।’

उनले संवैधानिक र कानूनी बन्दोबस्त र नजिरहरुलाई हेरेर संसद विघटनबारे फैसला गर्न आग्रह गरे। हामीलाई विश्वास छ, तपाईहरु त्यसबाट दायाँबायाँ जानुहुन्न, संसद पुनस्थापना हुन्छ। किनकी संविधानले यसरी संसद विघटनको परिकल्ना गरेकै छैन,’ नेता पाण्डेले भने।

Leave a Reply

Your email address will not be published.