काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय संगै प्रचण्डका समुहवाट सरकारमा सहभागीहरुले राजिनामा दिँदा पनि गृहमन्त्री रामबहादुर थापा बादलले ओलीले साथ छोडेका छैनन् । मंगलवार विहान वादल र प्रचण्डबीच भेटघाट हुँदा बादलले आफुले साथ नछोड्ने ग्रिन सिग्नल प्रचण्डलाई दिएको बताइएको थियो ।
तर बुधवार विहानै गृहमन्त्री थाप प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । मंगलवार ओली र प्रचण्ड समुहको समानान्तर केन्द्रिय समितिको र्बठक हुँदा वादल छलफलका लागि वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैसेपाटी पुगेका थिए । गौतम र वादलले अहिले सम्म आफुहरु कुन समुहमा जाने निर्णय सुनाइसकेका छैनन् ।
उनीहरुले ओली र प्रचण्डले गर्ने राजनीतिक गतिविधि पार्टी विभाजनका लागि भएकाले कतै पनि सहभागी नहुने बताउँदै आएका छन् । ‘बादल’ले बुधवार विहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग झन्डै एक घन्टा छलफल गरेका छन्।
यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार र मंगलबार मन्त्रीक्वार्टर पुल्चोकमा पुगेर बादललाई आफ्नो समूहमा आउन अनुरोध गरेका थिए। बादल मंगलबार भएको प्रचण्ड र माधवकुमार नेपाल समूहको स्थायी कमिटी र केन्द्रीय समिति बैठकमा सहभागी भएनन्।