प्रधानमन्त्री बन्ने सुरसारमा प्रचण्ड, सबैलाई मात ख्वाउन जोडका साथ तयारी !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनावमा वामपन्थीको पहिलो पार्टी सम्भावना रहेको बताएका छन् । देशको दोस्रो र वामपन्थीको पहिलो पार्टी बने देशको बागडोर आफूहरुको हातमा आउने उनले बताए ।

स्थानीय तहमा निर्वाचित स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्डले स्थानीय चुनावमै देशको दोस्रो र वामपन्थीमा पार्टी बन्ने सम्भावना फुत्किएको बताए ।

‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लेफ्टको पहिलो हुने झन् ठूलो सम्भावना छ,’ उनले अघि भने, ‘भयो भने देशको बागडोर हाम्रो हातमा आउँछ । महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्ने सम्भावना छ । यसका लागि हामी सबैले मेहनत गर्नुपर्नेछ ।’

प्रचण्डले एमसीसी र एसपीपीमा नेकपा एमालेले राष्ट्रघात गरेको आरोप पनि लगाए ।

उनले भने, ‘एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने प्रावधान थिएन, तर एमालेको केपी ओली नेतृत्वको सरकारले यस्तो प्रावधान थपेर राष्ट्रघाट गर्‍यौं । धन्न हामीले १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाएर ठूलो दुर्घटना टार्‍यौं ।’

एमसीसीसँगै पारित गरिएको १२ बुँदे घोषणालाई अमेरिकाले समेत मान्यता दिइसकेको प्रचण्डको दाबी छ । यो सम्झौता नेपालको पनि कानूनको अंग बनेको उनले बताए ।

एसपीपीका सन्दर्भमा पनि प्रचण्डले ओलीलाई आरोप लगाए । ओली प्रधानमन्त्री र रक्षामन्त्रीसमेत रहेका बेला २०१५ मा एसपीपीबारे सैद्धान्तिक सहमति भएको उनले दाबी गरे ।

प्रचण्डले भने, ‘मैले पेरिसडाँडामा यो कुराको खुलासा गर्नासाथ केपी ओलीगुटका एकजना मान्छेले सदनमा एमालेले सम्झौता गरेको प्रमाणित गर्न चुनौति दिए । त्यसको ३-४ घण्टापछि त सम्झौताको कपी नै बाहिर आयो । अहिले त्यसबेला हामीलाई थाहै थिएन भनेर जनतालाई उल्लु बनाउन खोज्दैछन् ।’

एसपीपीका विषयमा सबैभन्दा पहिले आफूले नै प्रधानमन्त्रीसमक्ष असन्तुष्टि जनाएको पनि प्रचण्डको अर्को दाबी थियो ।

‘मैले प्रधानमन्त्रीज्यू एसपीपी सैन्य सम्झौता नै हो, यो कुनै हालतमा पारित गर्नुहुन्न भनेपछि प्रधानमन्त्रीले पनि बरु मर्छु तर एसपीपी पारित गर्दिनँ भन्नुभयो, त्यसपछि म ढुक्क भएँ’ प्रचण्डले भने, ‘अनि मैले गठबन्धनको बैठक बसेर एसपीपी अस्वीकार गर्नुपर्छ र सरकारले निर्णय गर्नुपर्छ भनेपछि यो खारेज भएको हो ।’

पुर्व प्रधानमन्त्रि तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा सोचेअनुसारको परिणाम नआएको बताएका छन् ।

बिहीबार ललितपुरका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा उनले १७०–१७५ सिट ल्याउने आफूहरूले अनुमान गरे पनि १२२ सिटमा खुम्चिनुपरेको बताए । स्थानीय तह निर्वाचनबाट दोस्रो पार्टी बन्ने आकलन गरिएको समेत उनले सुनाए ।

“हामीले सोचेको जति परिणाम पार्टीको पक्षमा आएन । कम्तीमा पनि योपटक गठबन्धन ठिक ढंगले जाँदा र पार्टीले राम्रोसँग मिहिनेत गर्दा १७०–१७५ हाम्रो आउँछ, एमालेको पनि १६०–१७० तिर झर्छ, वामपन्थी आन्दोलनको पहिलो पार्टी र देशको दोस्रो पार्टी बन्छ भन्ने आकलन गरेका थियौँ,” उनले भने, “१२२ सिटमा सीमित भएको छ । यो हामीले आकलन गरेको भन्दा पक्कै कम हो ।”

प्रचण्डले माओवादीले ३० पालिकासम्म जित्छ भनेर प्रचार गरिएको उल्लेख गरे । माओवादीको धेरै सिट आयो भनेर बुर्जुवाहरूले जिब्रो टोकेको उनको भनाइ छ ।

प्रचण्डले निर्वाचनमा आफैँ जित्ने गरी बलियोसँग लाग्न निर्देशन दिए । “आफ्नो बलियो तयारीमा ध्यान दिनुस् । आफ्नै संगठन सुदृढ गर्न लाग्नुस् । सदस्यता बढीभन्दा बढी बढाउनुस्,” उनले भने ।

उनले संगठन विस्तारको कामलाई योजनाबद्ध ढंगले रातदिन खटेर गर्न पनि निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published.