सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले हरेक दिन जस्तो पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बृछि गर्न थाले पछि सत्तारुढदलकै सांसद गगन थापाले भने नयाँ प्रस्ताव गरेका छन् ।
कांग्रेसका महामन्त्री समेत रहेका थापाले देशलाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाउन लाग्नुपर्ने बताएका छन् । तत्कालका लागि चाहिँ कुनै विकल्प खोजेर पेट्रोलियम पदार्थको मूल्य थप घटाउनु पर्ने बताए ।
शुक्रवार प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले यो बेलामा प्रदूषण, सडक मर्मत करमा केही न केही घटाएर राहत दिनुपर्ने बताएका हुन् ।
‘नेपाललाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त देश बनाउन आजकै मितिबाट महत्त्वकांक्षी योजनाका साथ लाग्यो भने बाँच्छौँ हामी,’ थापाले भने, ‘अहिले कतै कर घटाउने भन्दा पनि यसको दीर्घकालीन उपाय भनेको यसबाट मुक्त अर्थात् पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाउने हो ।’
महामन्त्री थापाले आयातित इन्धन विस्थापन गर्ने नीतिसँगै तत्कालका लागि चाहिँ मर्मत, प्रदूषण शुल्क घटाएर भए पनि मूल्य घटाउनुपर्ने बताए । ‘यो उपाय शुरू गर्ने हो, अहिलेको लागि आज १० रूपैयाँ घटाइएको छ, अन्य घटाउने ठाउँ छन् भनेर त्यहाँबाट घटाएर भए पनि राहत दिनका लागि आग्रह गर्न चाहन्छु,’ उनले भने ।
‘कोभिड र त्यसपश्चात् रुस र युक्रेनको युद्धको कारणले अन्तर्राष्ट्रिय बजारमा जसरी मूल्य आकाशिएको छ,’ उनले भने, ‘यसले आउँदा दिन अझै चुनौतीपूर्ण हुने संकेत गरिरहेको छ।’
प्रतिनिधिसभा सांसद समेत रहेका थापाले भारतले गर्ने निर्णयबाट नेपालको बजार प्रभावित हुने बताए।यसको आधारमा भारतले जस्तो निर्णय गर्छ त्यसले थप हाम्रो बजारमा प्रभावित गर्छ,’ उनले भने, ‘यसलाई हल्का रुपमा नलिनका लागि आग्रह गर्छु। यसले हाम्रो देश, समाज सबैलाई अस्तव्यस्त बनाउँछ। युद्धको जस्तो सोच राखेर काम गर्नपर्नेछ।’
थापाले मन्त्रालयलाई देखाएर प्रधानमन्त्री र अर्थमन्त्री पन्छिन नहुने बताए। ‘मन्त्रालयलाई देखाएर पन्छाएर हुँदैन’, थापाले भने।
पत्रकारिता क्षेत्रबाट अलग भएर पुर्णकालिन राजनितीमा होमिएका रवि लामिछानेका बारेमा बरिष्ठ अधिवक्ता एवं नेपालका लागी नेपाली पार्टीका अध्यक्ष बालकृष्ण न्यौपानेले खरो विश्लेषण गरेका छन् ।
आफ्नो एजेण्डा व्यवस्था परिवर्तन नभइ अवस्था मात्रै परिवर्तन गर्ने भएको भन्दै राजनितीमा होमिएका रविको यहि चिज ठिक नभएको दाबी उनले गरेका छन् । व्यवस्था परिवर्तन नगरि अवस्था परिवर्तन हुनै नसक्ने जिकिर गर्दै न्यौपानेले लामिछानेलाई खरो प्रश्न पनि गरेका छन् ।
रवि लामिछाने रविन्द्र मिश्रको बिँडो थाप्न मात्रै आएको भन्दै न्यौपानेले व्यवस्था परिवर्तन नगरी अवस्था कसरी परिवर्तन गर्नुहुन्छ रवि जी ? भन्दै प्रश्न गरेका छन् । यो व्यवस्थानै घिटिघिटी भएका बेलामा यहि व्यवस्थाबाट अवस्था परिवर्तन गर्छु भन्दै आएका लामिछानेबाट केहि माखो नमर्ने ठोकुवा पनि उनले गरेका छन् ।
समस्यानै अहिलेको व्यवस्थामा रहेको भन्दै न्यौपानेले यहि व्यवस्थामा त रवि लामिछाने त के ठोरीका राम आएर प्रधानमन्त्री बने पनि केहि गर्न नसक्ने भन्दै आक्रोस व्यक्त गरे । इट्टा बनाउँने साँचोसँग तुलना गर्दै उनले साँचोनै बांगो छ भने इट्टा बनाउँने मान्छे परिवर्तन गरेर केही नहुने उनले जिकिर गरे ।
रवि लामिछाने राजनितिमा आउँने खबर सुन्दा सुरुमा आफुलाई पनि खुशि लागेको तर यहि व्यवस्थाबाट अवस्था परिवर्तन गर्छु भन्ने उनको घोषणा पछि यिनीबाट पनि केही पार लाग्दैन भन्नेमा आफु निचोडमा पुगेको उनले भनेका छन् ।
रविन्द्र मिश्रको पत्तासाफ भए पछि त्यहि खाली ठाउँ भर्नका लागी रवि लामिछानेलाई मोहरा बनाएको पनि हुन सक्ने आकलन उनले गरेका छन् । रविन्द्रको ठाँउमा रविलाई ल्याएर राखेर नयाँ प्रयोग हुन खोजेको दाबी उनले गरेका छन् । रविलाई नेपाली जेनेलेक्सी बनाउँन खोजिएको हुन सक्ने अनुमान पनि उनले गरेका छन् ।
जेनेलेस्की जस्तै कमेडियनको रुपमा रविलाई स्थापित गर्न खोजिएको हुन सक्छ तर त्यो सम्भव छैन । चार बर्ष पछि रवि पनी रविन्द्रकै हालतमा पुगेर राप्रपा प्रवेशको दर्खास्त बोकेर हिड्नेछन् । न्यौपानेले ठोकुवा गर्दै भनेका छन् । रावि लामिछाने दोस्रो रविन्द्र मिश्र बन्ने ठोकुवा उनले गरेका छन् ।