कुनैपनि हालतमा रवि लामिछानेलाई राजनीति गर्न नदिने रणनीति, फेरी अर्कोपनि थपियो उजुरी !

पत्रकारिता छाडेर राजनितिमा होमिएका रवि लामिछानेले निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निवेदन पेस गरेपछि त्यसविरुद्ध उजुरी पर्ने क्रम जारी छ ।

बुधबार स्वतन्त्र उम्मेदवार अभियानले आयोगमा उजुरी दिएलगत्तै स्वतन्त्र उम्मेदवार घोषणा गरेका तीनजनाले पनि रवि लामिछानेविरुद्ध आयोगमा उजुरी दिएका छन् ।

स्वतन्त्र उम्मेदवारको विमति राख्दै काभ्रेमा गोकुल बास्कोटासँग निर्वाचन लड्ने घोषणा गरेका मनोज पण्डित, विश्व साइकल यात्री पुष्कर शाह, राष्ट्रिय पोसाक अभियानका अभियन्ता राजकुमार बजगाईंले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई उजुरी दिएका हुन् ।

‘‘स्वतन्त्र’ शब्दको आफैंमा महत्व रहेको र दलीय भिडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा हामी स्वतन्त्र उम्मेदवारहरुलाई उत्पन्न असहज परिस्थितिको निर्माण हुनेछ,’ उजुरीमा भनिएको छ ।

‘स्वतन्त्र’ शब्दको अर्थकै अपब्याख्या हुने अवस्था भएकाले उक्त दलको नामको विषयमा श्रीमानले गहन विश्लेषण गरी निर्णय लिन हुन अनुरोध गर्दछौं।’ लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण गर्ने घोषणा गर्दै दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

नेकपा एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीसँग २० लाख मत भएपनि गठबन्धनमा अपमान गरिएको दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा स्थानीय तहका जनप्रनिधिहरूलाई शुभकामना दिन आयोजित कार्यक्रममा उनले पार्टीसँग २० लाख मत रहे पनि आन्तरिक त्रुटिका कारण त्यो संकलन गर्न नसकेको बताए ।

“हामीले धेरै ठाउँमा जित्न सकेनौँ । जित्न नसक्नुमा धेरै कारण छन् । हामी समीक्षा गरिरहेका छौँ । हामीले खुल्ला मनस्थिति लिएर राष्ट्रव्यापी रूपमा हाम्रा उमेदवार उठाउन सकेको भए अहिले हामीले नौ लाख छ भन्छौँ नि,” खनालले भने, “हामीसँग २० लाखभन्दा बढी मत छ । त्यो मत संकलन गर्न सकेनौँ ।”

उनले सत्ता गठबन्धनभित्र पार्टीलाई अपमान गरिएको भन्दै पाउनुपर्ने सिट गुमाएको जिकिर गरे । “गठबन्धनले बिलकुलै अपमान गर्‍यो । जति मत पाउनपर्थ्यो, त्यति मत पनि प्राप्त गर्न सकेनौँ । त्यति सिट पनि प्राप्त गर्न सकेनौँ,” उनले भने ।

खनालले जनप्रनिधिहरूलाई आफ्नो कार्यकालमा धेरै उपलब्धि हासिल गर्न शुभकामना दिए । जनताका घरघरमा गएर के समस्याहरू छन् भन्ने अध्ययन गरेर जनतासँगको सम्बन्धलाई अघि बढाउन आग्रह गरे ।

पार्टीका विचार, नीति, कार्यदिशालाई स्थापित गर्ने गरी लाग्न जनप्रतिनिधिलाई निर्देशन दिए । नमुना काम गरेर देखाउन उनको आग्रह छ ।

Leave a Reply

Your email address will not be published.