भिम रावल एक्शनमा, सरकार आफैले संविधान मिच्यो भन्दै मच्चाए बितण्डा !

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका छन् ।

बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले सरकारले जेल हाले पनि आफू इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताए ।

‘म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिन । बरु सरकारले एक बर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक बर्ष जेल जान तयार छु’ उनले भने ।

सरकारले बागमती र गण्डकी प्रदेशमा नयाँ दर्ता हुने र नवीकरण गर्ने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ । तर इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर रहेको, इम्बोस्ड नम्बर प्लेट बनाउने कम्पनीसँग आर्थिक लेनदेनमा जबर्जस्ती जडान गराउन खोजेको भन्दै विरोध भइरहेको छ ।

यस विषयमा छलफल गर्न समितिले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई बोलाएको थियो । तर उनी विना जानकारी अनुपस्थित भएको समिति सभापति निरादेवी जैरुले बताइन् ।

नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाका सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका छन् ।

बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले सरकारले जेल हाले पनि आफू इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका हुन् ।

सरकारले बागमती र गण्डकी प्रदेशमा नयाँ दर्ता हुने र नवीकरण गर्ने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ ।तर इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर रहेको, इम्बोस्ड नम्बर प्लेट बनाउने कम्पनीसँग आर्थिक लेनदेनमा जबर्जस्ती जडान गराउन खोजेको भन्दै विरोध भइरहेको छ ।

नेकपा एमालेका सांसद भिम रावलले सरकारले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा राखेर संविधान मिचेको बताएका छन । आज राज्य निर्देशक सिद्धान्त, निति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिमा बोल्दै इम्बोस्ड नम्बर प्लेटमा सरकारले संविधान मिचेको बताएका हुन ।

उनले संविधानमा उल्लेख बमोजिम नेपालको भाषा नेपाली (देवनागरी) मा हुनुपर्ने व्यवस्था छ । तर सरकारले इम्बोस्ड नम्बर प्लेटमा कानून मिचेको रावलको भनाइ छ । यो ठेक्कामा अर्बौ रकमको घोटाला भएको हुन सक्ने आशंका गर्दै रावलले भने ‘चोलेन्द्रले इम्बोस्ड नम्बरमा चलखेल गरेर अर्बौ रकम कुम्ल्याएको भनेर अक जना अधिवक्ताले सार्वजनिक मंचमै बोल्नु भएको छ ।’

यसैगरी रावलले इम्बोस्ड​ नम्बर छपाइको जिम्मेवारी बिदेशी कम्पनीलाई दिनुमा समेत शंका प्रकट गरे । रावलले भने ‘इम्बोस्ड नम्बर छाप्दा बाहिरिने अर्बौ रकम नेपालमा बस्थ्यो । तर त्यो सबै रकम बाहिर जाने भयो ।’ यसमा ठेकेदारको घुसपैठ क्षमता बारे जानकी हुने रावलको भनाई छ ।

Leave a Reply

Your email address will not be published.