खुट्टा तान्न खोज्नेहरुको लिस्ट तयार पार्दै रवि लामिछाने (नामसहित )

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले रवि लामिछानेप्रति इगित गर्दै कुनैपनि पेशामा तथा व्यवसायमा सफल हुँदैमा राजनीतिमा सफल हुन नसकिने टिप्पणी गरेका छन् ।

महासचिव पोखरेलले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै उक्त कुरा बताएका हुन् ।‘निश्चित व्यावसाय र पेशामा सफल हुनु वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन,’ उनले ‘राजनीतिमा योग्य हुन त्यसमै निष्ठापूर्वक समर्पित हुनु पर्दछ।’

पूर्वपत्रकार रवि लामिछानेले असार ७ गते अर्थात हिजो राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । पत्रकारितामा रहदा लामिछानेले अत्याधिक लोकप्रियता कमाएका थिए ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पेशा र व्यवसायमा सफल हुँदैमा राजनीतिमा योग्य नहुने टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

महासचिव पोखरेलले राजनीतिमा योग्य हुन राजनीतिमै समर्पित हुनुपर्ने बताएका छन् । ‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन’ महासचिव पोखरेलले लेखेका छन् ‘राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ ।’

महासचिव पोखरेलको उक्त टिप्पणी पूर्वपत्रकार रवि लामिछानेप्रति संकेत गरेको देखिन्छ । मंगलबार मात्रै लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । लामिछानेको टिभि कार्यक्रम सिधा कुरा चर्चित थियो ।

पूर्वसंचारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी बनाउँने घोषणा गर्दै निर्वाचन आयोगमा दल दर्ताका लागी निवेदन दिएका छन् । रविले घोषणा गरेर प्रस्ताव गरेको दलको नाम र चुनाव चिन्ह दुवै नपाउँने सम्भावना पनि देखिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी दलको नाम र घण्टी चुनाव चिन्ह लिएर दल दर्ताका लागी लामिछानेले निर्वाचन आयोगमा निवेदन दिएका छन् तर उनले निवेदन दिएको चुनाव चिन्ह घण्टी पहिलेनै अर्कै पार्टीको नाममा दर्ता भैसकेको पाइएको छ ।

घण्टी चिन्ह राष्ट्रवादी पार्टीका नाममा २०७३ मङ्सिर ३० गते दर्ता भएको पाइएको हो ।रविले दल दर्ताको लागि आयोगमा दिएको निवेदनमा पनि घन्ट चिन्ह मागिएको छ । राष्ट्रिय सभागृहमा आज दिउँसो पार्टी घोषणा गरेका उनी दल दर्ताका लागि अपरान्ह बहादुर भवनस्थित आयोगको कार्यालय पुगेका थिए ।

राष्ट्रिय स्वतन्त्र दलले प्रस्ताव गरेको घन्ट चिन्ह अर्कै पार्टीको हो? भन्ने प्रश्नमा आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बुझेर मात्रै भन्न सकिने जवाफ दिए । आयोगमा सयभन्दा बढी पार्टी दर्ता भएकाले सबैको चुनाव चिन्ह थाहा नहुने भन्दै उनले एउटा दलको चिन्ह अर्कोले नपाउने बताए ।

२०७३ पछि थुप्रै पार्टीहरु खारेज भएको शर्माको भनाइ छ । खारेज भएको एक वर्षसम्म पनि उसको चिन्ह अर्को पार्टीलाई नदिने व्यवस्था रहेको पनि उनले बताए । रविले प्रस्ताव गरेको पार्टीको नाम पनि नपाउँने सम्भावना रहेको बताइन्छ ।

लामिछानले प्रस्ताव गरेको पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी यो नामका कारण उनी झमेलामा पर्ने सम्भावना देखिएको छ । सबैलाई सप्राइज दिँदै उनले यस्तो नाम प्रस्ताव गरेका छन् तर पार्टीको नामकै कारण उनले नयाँ खालको लफडा झेल्नु पर्ने अवस्था आउँन सक्ने देखिएको छ ।

राजनितिक दलको नाम स्वतन्त्र पार्टी राख्न नमिल्ने भन्दै सामाजिक संजालमा तर्क वितर्क सुरु भएको छ । राजनितिक दलमा नभएका मान्छेले म स्वतन्त्र छु भनेर बोल्दा पनि अब रवि लामिछानेको पार्टीमा रहेछ भन्ने बुझाइ हुने भन्दै यस्तो नाममा दल दर्ता गर्न नहुने तर्क गर्नेहरु पनि भेटिएका छन् ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सुर्य थापाले त मुखै खोलेर रवि लामिछानेले प्रस्ताव गरेको पार्टीको नाम निर्वाचन आयोगले दर्ता गर्न नहुने बताएका छन् । थापाले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगले दर्ता गर्न नहुने बताएका छन् ।

लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् स्वतन्त्र पार्टी गठन गरिने कानुन विपरीत भएको बताए ।स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्न नहुने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.