एमालेले फूटाइदियो गठबन्धन , उपमहानगरमा एमालेको अग्रता

बागमती प्रदेशको एकमात्र हेटौंडा उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ । शनिवार बिहान ८ बजेदेखि शुरू भएको मतगणनाअनुसार हालसम्म एमालेबाट मेयरका उम्मेदवार अनन्तप्रसाद पौडेल ४३ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार मिनाकुमारी लामा (नेकपा एकीकृत समाजवादी पार्टी) ले ४१ मत पाएकी छन् । राप्रपाबाट मेयरका उम्मेदवार दिपकबहादुर सिंहले २४ मत प्राप्त गर्दै तेस्रो स्थान लिएका छन् ।

उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले ५२, गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँले ५१ र राप्रपाकी इन्दिरा न्यौपानेले ५ मत पाएकी छन् ।

काठमाडौं महानगरको मतगणनामा कर्मचारी नै अलमलिए, ७ मत गन्दा यस्तो छ परिणाम

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुँदै गर्दा गणक नै अलमलिएपछि वडा नम्बर १ को गणना स्थगित भएको छ । वडा नम्बर ३२ मा भने गणना भइरहेको छ ।

वडा नम्बर १ को ७ मत गन्दा उम्मेदवार नै नभएका ठाउँमा पनि मत परेपछि गणक अलमलिएका हुन् । दुईवटा हलो चिह्नका उम्मेदवारसमेत गणनास्थलमा पुगेपछि कर्मचारी अलमलमा परेको बताइएको छ ।

सात मत गन्दा उपमेयरमा एमालेकी सुनिता डंगोलले ४ मत पाएको गणनास्थलमा रहेका एक कर्मचारीले बताए । मेयरमा भने केशव स्थापित, सिर्जना सिंह र राप्रपाका मदनदास श्रेष्ठले दुई–दुई मत पाउँदा बालेन शाहको १ मत देखिएको छ ।

Leave a Reply

Your email address will not be published.