दुई सन्तान भएकी महिलालाई भगाएपछि …

बैतडी । महिलालाई भगाएर लैजाँदै गरेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका-१ का ३२ वर्षीय मनोज धामी रहेका छन् ।

बिहीबार महिलासहित पक्राउ परेका उनलाई आज आफन्तको जिम्मा लगाइएको छ । मुद्दा दर्ता गर्ने सहमतिपछि आज धामीलाई आफन्तको जिम्मा लगाएको सिमार प्रहरी चौकीले जनाएको छ । आइतबार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिने प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बताए ।

आरोपित धामीलाई २७ वर्षीय एक महिलालाई भगाएर लैजाँदै गरेको अवस्थामा बिहीबार राती साढे ११ बजे सेला भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको थियो ।

धामीले भगाएर लैजाँदै गरेको महिलाका आफन्तले प्रहरीलाई सूचना दिएपछि सिमार प्रहरीले जिपमा सवार दुबैलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको भोलिपल्ट शुक्रबार बिहान महिला र पुरुषका आफन्तलाई बोलाएर जिल्लामा मुद्दा दर्ता गर्ने सहमतिसहित आफन्तको जिम्मा लगाइएको हो ।

महिलालाई भने उनका ससुराको जिम्मा लगाएको र पुरुष धामीलाई उनका भाइ नातापर्ने एक व्यक्तिको जिम्मा लगाएको प्रहरी सहायक निरीक्षक कार्कीले बताए ।

शनिबार बिदा भएकोले आइतबार मुद्दा दर्ता गर्नेगरी दुवैलाई आफन्तको जिम्मा लगाएको उनले बताए । महिला र पुरुष दुवैका दुई-दुई सन्तान रहेका छन् । महिलाका श्रीमान् विदेशमा छन् ।

अमेरिकी ब्राण्डको नक्कली मास्कसहित दुई भारतीय र दुई नेपाली पक्राउ

काठमाडौंको त्रिपुरेश्‍वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट अमेरिकन ब्राण्ड थ्रिएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको ६ हजार ११४ थान थ्रिएम मास्कसहित चार जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक ललितपुर टिकाथली घर भएका ३४ वर्षीय बुद्धिबहादुर कार्की, काठमाडौं भोटेबहाल बस्‍ने भारत राजस्थान घर भएका नक्कली थ्रिएम मास्कको सप्लायर्स २० वर्षीय यश अग्रवाल, २० वर्षिय श्री यान्स लावटी र ललितपुर सातदोबाटो बस्‍ने अनेष्ट सप्लायर्सका म्यानेजर संखुवासभा सभापोखरी गाउँपालिका-१ घर भएका २३ वर्षीय मुक्ति प्रसाद पोखरेल रहेका छन्।

काठमाडौं उपत्यकाको विभिन्‍न स्थानमा अमेरिकन ब्राण्ड थ्रिएम मास्क तथा थ्रिएम हेल्थक्येर युएसको नक्कल गरी कम गुणस्तरका मास्क नेपाली बजारमा बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्समा जाँच गर्ने कम गुणस्तरको मास्क फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाइएको छ।

साथै महालक्ष्मी इशान इन्टरप्राइजेजबाट चार हजार १९४ थान र अनेष्ट सप्लायर्सबाट १ हजार ९२० थान नक्कली थ्रिएम मास्क प्रहरीले बरामद गरेको छ।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग बबरमहल काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.