एमालेको पत्तासाफ पार्ने सत्ता गठबन्धनले चुनाव धकाल्यो !

काठमाडौं ।

सत्ता गठबन्धनले चुनाव धकेल्ने भएका छन् । संविधान अनुसार ५ जेठबाट स्थानीय निकायका जनप्रतिनिधिको कार्यकाल सकिने भएपनि त्यस अगावै चुनाव गरिसक्नुपर्नेमा सरकारले तत्काल कुनै निर्णय नगर्ने निश्चित भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग १३ माघमा परामर्श गरे । भण्डारीले तत्काल स्थानीय चुनावको घोषणा गर्न आग्रह गरेपनि देउवाले गठबन्धनसँग छलफल गरेर मात्र बढ्ने जवाफ दिएको खुलिसकेको छ ।देउवाले आज केन्द्रीय कमिटीको भर्चुअल बैठकमा यसबारे छलफल गर्ने भएका छन् । उनी निर्वाचन धकेल्ने पक्षमा रहेको बुझिएको छ ।

निर्वाचनसम्बन्धी ऐन परिवर्तन गरेर २०७९ फागुनमा गर्ने गरी देउवा बढ्न खोजेका छन् । गठबन्धनको घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फागुनमा तीन तहको चुनाव एकैपटक गर्ने प्रस्ताव गरिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखमा प्रतिनिधि सभाको निर्वाचन पहिले गर्न प्रस्ताव गरेर तरंग ल्याइदिएका थिए ।

गठबन्धन कि प्रतिनिधि सभाको चुनाव पहिले गर्न चाहन्छ कि तीन तहको चुनाव एकैपटक गर्न चाहन्छ । चुनाव धकेल्ने रणनीतिमा गठबन्धन पुगेको स्पष्ट भइसकेको छ ।

गठबन्धन कायमै राखेर चुनावमा जाने देउवा, प्रचण्ड र नेपालको तयारी रहेको खुलिसकेको छ । यसरी चुनावमा एमालेलाई धक्का दिने गरी गठबन्धन जान खोजेको देखिन्छ ।

पछिल्लो समय भएका राष्ट्रिय सभा र प्रदेश सरकार गठनको मतदानमा एमालेले नराम्रो धक्का खाइसकेको छ । यसैलाई निरन्तरता दिन पनि गठबन्धन रणनीतिक रुपमा लागेको देखिन्छ ।

यो पनि हेर्नुहोस, मेटमणी चौधरीको दावी : एमाले र विजयीको अब भेट हुँदैन
नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले नेकपा एमालेले अब कहिल्यै चुनाव नजित्ने दावी गरेका छन् ।नेता चौधरीले बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा एमाले, लोसपा र राप्रपा बीचको गठबन्धनलाई प्रतिगामी गठबन्धनको संज्ञा दिँदै उक्त गठबन्धनको शर्मनाक हार भएको बताएका छन् ।

साथै हारको लाज छोप्न केपी ओलीका चाकरहरूले ५ दलीय गठबन्धनका विरुद्ध अनेक अफवाह मच्चाइरहेको भन्दै कटाक्ष गरेका छन् ।चेतावनीको शैलीमा चौधरीले फेसबुकमार्फत भनेका छन्, ‘याद होस् दास/दासीहरूलाई– चुनावी मोर्चामा उभिइसकेपछि मुख्य कुरा जित्नु हो ।

चाहे एक्लै होस् या मिलीजुली । मिलेरै/मिलाएरै जित्ने हो । एकलकाँटे तिमीहरू बरू सोँच– हामी किन कसैसँग मिल्न सकेको छैनौ ? हामी दैनिकजस्तो किन एक्लिरहेका छौ ।

सरकारको नेतृत्वबाट प्रतिपक्षीको भूमिकामा कसरी झर्न पुगिम के यो बिषयमा कहिले सिंहावलोकन गरेका छौ ? तिम्रा यिनै घमन्डको कारण आज बिचरा भएका छौ ।’

त्यस्तै उनले एमालेका नेताहरुलाई दासको संज्ञा समेत दिएका छन् । उनले भनेका छन्, ‘दासहरूले के पनि भुल्नुहुँदैन भने– २०७४ सालको चुनावमा माओवादीसँग चुनावी एकता गरेको कुरा, झापामा राप्रपालाई उम्मेदवारीमा सघाएको र त्यसबापत मत पाएको, धनुषामा राजेन्द्र महतोलाई मत बेची अरू ठाँउबाट असुली गरेको, नवलपरासी, रूपन्देही र कपिलवस्तुमा गैर एमालेका नेताहरूलाई सूर्य चिन्ह दिएर अरू निर्वाचन क्षेत्रमा स्वतन्त्रहरूका मत प्राप्ति गरेका !

उक्त सबै कार्य तिमीले बा भनेका खड्गप्रसाद ओलीले गरेका होइनन् ? दास बन्नु/हुनुको पनि सिमा हुन्छ !
जसले सबैभन्दा बढि दलहरूसँग सहमति र अवैध सम्झौता गरेका छन् ! तिनैका सन्तानहरू गठबन्धनका बिरूद्दमा बिष बमन गर्नु कत्ति पनि सुहाएन क्या !’

उनले संसारभरिका राजनैतिक कल्चर ध्रुवीकरण भइरहेको भन्दै भारत लगायत युरोपमा समेत मिल्न सक्नेहरूका बीचमा चुनावी एकता भएको स्मरण गराउँदै ‘स्यालहुइँया नगरेकै राम्रो’,भनेका छन् ।

राष्ट्रियसभाको चुनावी परिणामपछि ओलीका दासहरूले यो हार हाम्रो अन्तिम हो र अबको सबै निर्वाचनमा विजयी हुन्छौ र पाँच दल मिलेर जित्ने– अनि यत्रो फूर्ति !

लगाउने भनेर गरेको टिप्पणीमा एमालेको हारको श्रृखंला निरन्तर अघि बढ्ने दावी समेत गरेका छन् । उनले लेखेका छन्,‘अब देखि नेकपा एमाले र विजयीको बीचमा कहिल्यै भेट हुनेवाला छैन ।

नेकपा एमालेले जितेको कुरा कुनै पनि पत्रकारले लेख्ने अवसर पाउनै छैनन् । २०७४ सालमा जितेको कुरा कथा बन्नेछ र भावी सन्ततिहरूलाई सपना जस्तै लाग्नेछ !’

Leave a Reply

Your email address will not be published.